नेपाली राष्ट्रिय भलिबल टोलीले काभा भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ।
श्रीलंकाको कोलोम्बोमा सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै विजय सुरुवात गरेको हो।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट १९–२५ ले गुमाउन पुग्यो। त्यसपछिका तेस्रो सेट २५–२३ र चौथो सेट २५–२१ लगातार आफ्नो पक्षमा पार्दै नेपालले जित हात पारेको हो।
नेपालले दोस्रो खेल भोलि घरेलु टोली श्रीलंकासँग खेल्नेछ। बुधबार अफगानिस्तानसँग तथा शुक्रबार साउदीसँग खेल्ने तालिका छ।
राउण्ड रोविन लिगको अन्तिम खेलमा शनिबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ।
६ टोली सहभागी च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि स्पर्धा गर्नेछन्।
फाइनल र तेस्रो स्थानका खेल २८ गते हुनेछ।
Shares
प्रतिक्रिया