नेपाली राष्ट्रिय भलिबल टोलीले काभा भलिबल च्यालेन्ज कपको आफ्नो दोस्रो खेलमा आज मंगलबार घरेलु टोली श्रीलंकासँग खेल्दैछ। श्रीलंकाको कोलोम्बोमा हुने खेल सवा ४ बजेपछि सुरु हुनेछ।
आजको खेलमा दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछन्। पहिलो खेलमा सोमबार बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै नेपालले विजय सुरुवात गरेको छ।
बंगलालदेशविरुद्ध पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट १९–२५ ले गुमाउन पुग्यो। त्यसपछिका तेस्रो सेट २५–२३ र चौथो सेट २५–२१ लगातार आफ्नो पक्षमा पार्दै नेपालले जित हात पारेको हो।
उता श्रीलंकाले भने पहिलो खेलमा साउदी अरेबियालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
नेपालले बुधबार अफगानिस्तानसँग तथा शुक्रबार साउदी साउदीसँग खेल्ने तालिका छ। राउण्ड रोविन लिगको अन्तिम खेलमा शनिबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ।
६ टोली सहभागी च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंक तालिकाका शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्।
त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल र तेस्रो स्थानका खेल २८ गते हुनेछ।
Shares
प्रतिक्रिया