फिफा विश्वकप २०२६ को एसिया छनोटको पहिलो चरण अन्तर्गत लाओसविरुद्धको खेलको पहिलो हाफमा १–० ले पछि परेको छ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ जारी रहँदा घरेलु टोली १–० ले पछि परेको हो।
खेलको ३३ औं मिनेटमा कप्तान वोउचन वोउङकोङकोको गोलमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता बनाएको हो।
मैदानको मध्यभागबाट आयुष घलानको पास मनिष डाँगीले लिन नसक्दा लाओसका चोनी वेपासेर्टले कप्तानलाई दिएको पासमा नेपाल डिफेन्डरद्वय अनन्त तामाङ र रोहित चन्दलाई बिट गर्दै गोलको पोस्टको जाली चुमेको थियो।
त्यसअघि खेलको १३ औं मिनेटमा लाकेन लिम्बुको प्रहार क्रसबारको माथिबाट बाहिरियो। खेलको १७ औं मिनेटमा कप्तान तथा फरवार्ड वोउचन वोउङकोङको प्रहार गोलरक्षक किरण कुमार लिम्बुले सहजै बचाए।
60
Shares
प्रतिक्रिया