फिफा विश्वकप २०२६ को एसिया छनोटको पहिलो चरण अन्तर्गत लाओसविरुद्धको नेपालले बराबरी गोल फर्काएको छ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका अञ्जन विष्टले खेलको ४९ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काएका छन्।
योसँगै अञ्जनले राष्ट्रिय टोलीबाट १३ गोल पूरा गरेका छन्। उनले यसअघि हरी खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबर गरेका हुन्।
खेलको पहिलो हाफमा १–० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा बराबरी गर्दै खेलका फर्किएको हो।
खेलको ३३ औं मिनेटमा कप्तान वोउचन वोउङकोङकोको गोलमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता बनाएके हो। मैदानको मध्यभागबाट आयुष घलानको पास मनिष डाँगीले लिन नसक्दा लाओसका चोनी वेपासेर्टले कप्तानलाई दिएको पासमा नेपाल डिफेन्डरद्वय अनन्त तामाङ र रोहित चन्दलाई विट गर्दै गोलको पोष्टको जाली चुमेको थियो।
त्यसअघि खेलको १३ औं मिनेटमा लाकेन लिम्बुको प्रहार क्रसबारको माथिबाट बाहिरियो। खेलको १७ औं मिनेटमा कप्तान तथा फरवार्ड वोउचन वोउङकोङको प्रहार गोलरक्षक किरण कुमार लिम्बुले सहजै बचाए।
Shares
प्रतिक्रिया