ad ad

खेल


सर्वाधिक गोल गर्ने कीर्तिमान बराबर गरेका अञ्जन भन्छन्– रेकर्डका लागि खेलेको थिइनँ

सर्वाधिक गोल गर्ने कीर्तिमान बराबर गरेका अञ्जन भन्छन्– रेकर्डका लागि खेलेको थिइनँ

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज २५, २०८० बिहिबार २०:१४, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का र निराजन रायमाझीले गरेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड अञ्जन विष्टले आजको खेल रेकर्डका लागि भन्दा पनि जितका लागि खेलेको बताएका छन्। 

दशरथ रंगशालामा भएको फिफा विश्वकप २०२६ एसिया क्षेत्र छनोट अन्तर्गत लाओससँगको खेलमा बराबरी खेल सकिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विष्टले सो कुरा बताएका हुन्। 

‘फुटबल समर्थकसँग माफी माग्न चाहन्छु। हामी जितका लागि खेलेका थियौँ। बराबरीका लागि हैन। हाम्रो गल्तीका कारण नै गोल खान पुग्यौँ। आजको खेलमा जितेर दसैँमा खुसी दिन चाहान्थ्यौँ,’ विष्टले भने।

साथै, उनले आजको खेल रेकर्ड ब्रेक गर्नका लागि नखेलेको पनि बताए।

‘१३ गोलको रेकर्ड बराबरलाई खेलेको थिएन। म रेकर्डको लागि खेलेको थिएन। म धेरै खेल्न बाँकी छ जस्तो लाग्छ। त्यसैले हामी जितको लागि खेलौँ भनेर कोचले भन्नुहुन्छ। त्यसमा गोल जसले पनि गर्छ। म आजै रेकर्ड तोड्छु भनेर खेलेको थिएन। गोल गरेपछि सबैले १३ गोलको बधाई दिएका थिए तर म खुसी छैन कीनकी हामी जितको लागि खेलेको हो,’ उनले भने।

विष्टले नेपाली टिम कमजोर नभएको भनदै खेलाडीहरू बाहिर गएपनि उनीहरूको ठाउँमा नयाँ खेलाडी आउने बताए। ‘होला केही अनुभवी खेलाडी बाध्यताले गए। तर राम्रो खेलाडी आएका छन्। नयाँ भाइहरूले इम्प्रभुम भइरहेको छ। कोचले काम गरिरहनु भएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .