श्रीलंकाको कोलोम्बोमा जारी काभा भलिबल च्यालेन्ज कपमा आज (शुक्रबार) नेपाल र साउदी अरेबिया भिड्दैछन्। खेल दिउँसो पौने २ बजेपछि सुरु हुनेछ।
राउण्ड रोबिनका ३ खेल सकिँदा नेपालले २ खेलमा जित र १ खेलमा हार व्यहोरेको छ।
नेपालले समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ।
राउण्ड रोविनको पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको थियो। दोस्रो खेलमा श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित गरेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई ३–२ को सेटमा हराएको थियो।
च्यालेन्ज कपमा नेपाली टोली ५ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ। अंक तालिकाको पुछारमा रहेको साउदीको १ अंक छ।
७ अंक भएको श्रीलंका शीर्ष स्थानमा छ। समान ६ अंक भएका अफगानिस्तान दोस्रो र उज्वेकिस्तान तेस्रो स्थानमा छन्। पाँचौं स्थानको बंगलादेशको २ अंक छ।
Shares
प्रतिक्रिया