श्रीलंकाको कोलोम्बोमा जारी काभा भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो हार व्यहोरेको छ।
शुक्रबार सुगाथादासा इन्डोर स्टेडियममा भएको खेलमा नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित भयो।
नेपालले लिग चरणमा २ खेलमा जित निकाल्दा २ खेलमा हार भोगेको छ। राउण्ड रोविनको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ।
पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेट २५–२३ ले गुमाएको नेपालले प्रतिस्पर्धात्मक चौथो सेटमा २७–२५ को जित निकाल्न सफल भयो।
प्रतिस्पर्धात्मक अन्तिम तथा पाँचाँै सेट १६–१४ ले गुमाएको हो।
पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको थियो। दोस्रो खेलमा श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई ३–२ को सेटमा हराएको थियो।
Shares
प्रतिक्रिया