आईसीसी क्रिकेट विश्वकप–२०२३ अन्तर्गत शनिबार भएको १२ औं खेलमा पाकिस्तानले भारतलाई १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको हो।
विश्वकपमा बलियो मानिएको भारतविरुद्ध उसकै मैदानमा प्रतिस्पर्धा गरिरहेको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए।
त्यस्तै, मोहम्मद रिजवानले ४९ रन जोडे।
पाकिस्तानलाई ओपनर इमाम उल हक र अब्दूल्लाह शफिकले ८ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए।
शफिक २० रनमा आउट भए। हक ३६ रनमा आउट भए।
39
Shares
प्रतिक्रिया