भारतका लागि इजरायली राजदूतले शनिबार विश्वकप २०२३ प्रतियोगितामा भारतसँग पाकिस्तान हारेकामा खुसी व्यक्त गरेका छन्।
विश्वकप क्रिकेटमा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो।
भारतका लागि इजरायलका राजदूत नोआर गिलनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी खुसी छौँ भारत विजयी भएको छ र पाकिस्तानले आफ्नो विजय हमास आतंकवादीहरूलाई सुम्पन पाएन।’
राजदूतले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मित्रताको पोस्टर बोकेको एक व्यक्तिको तस्बिर पनि सामाजिक सञ्जालमा राखेका छन्।
हमें खुशी है कि #CWC23 में #INDvPAK मैच में #भारत 🇮🇳 विजयी हुआ और पाकिस्तान अपनी जीत हमास के आतंकवादियों को समर्पित नहीं कर पाया।
हम हमारे भारतीय मित्रों द्वारा मैच के दौरान पोस्टर दिखाकर कर इज़राइल 🇮🇱 के साथ अपनी एकजुटता दिखाने से हम बेहद भाव विभोर हैं। 🙏
We are happy that… pic.twitter.com/fIDY4Ap7aJ— Naor Gilon (@NaorGilon) October 14, 2023
Shares
प्रतिक्रिया