१९औं एसियन गेम्समा करातेलाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई नेपाल प्रहरीले नगदसहित सम्मान गरेको छ।
नेपाल प्रहरीले बुधबार एक कार्यक्रम गर्दै एरिकालाई १ लाख ५१ हजार रुपैयाँले सम्मान गरेको हो।
नेपाल प्रहरीकी एरिकाले एसियन गेम्सको इतिहासमा करातेलाई पहिलो रजत पदक दिलाएकी थिईन्।
यसअघि एरिका गुरुङलाई नेपाल सितोरियो कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले २ लाख रुपैयाँले सम्मान गरेका थिए।
एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिईन्।
एसियाडमा कबड्डीले कास्य पदक जितेको थियो।
447
Shares
प्रतिक्रिया