ad ad

खेल


फिफा विश्वकप : लाओसविरुद्ध नेपालको जित, एसिया छनोटको दोस्रो चरणमा प्रवेश

फिफा विश्वकप : लाओसविरुद्ध नेपालको जित, एसिया छनोटको दोस्रो चरणमा प्रवेश

नेपालखबर
असोज ३०, २०८० मंगलबार १९:४२, काठमाडौँ

फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध जित निकालेको छ। 

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा १–० गोलले लाओस नेपालविरुद्ध पराजित भएको हो।

यो सँगै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालका लागि ५३ औं मिनेटमा मनिष डाँगीले गोल गरे। उनले अञ्जन विष्टको पासमा गोल गरेका हुन्।

यो खेलमा जित निकालेसँगै नेपालले समूह एचमा स्थानमा बनाएको छ। समूह एचमा युएइ, बहराइन छन्।

उनीहरू रहेको समूहमा पहिलो चरणको यमन र श्रीलंकाबिचको विजेता रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .