विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले अपराजित यात्रा कायम राखेको छ। बुधबार बिहान पेरुलाई उसैको मैदानमा २–० ले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा दुबै गोल कप्तान लियोनल मेस्सीले गरे। मेस्सीले दुवै गोल पहिलो हाफमा १० मिनेटको फरकमा गरेका थिए। ३२ मिनेटमा पहिलो गोल गरेका मेस्सीले ४२ औं मिनेटमा दोस्रो गोल गरे।
छनोटका चार खेल सकिँदा सतप्रतिशत जितसहित अर्जेन्टिना शीर्षस्थानमा छ। उरुग्वे दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्।
75
Shares
प्रतिक्रिया