टी-२० त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाललाई युनाइटेड अरब इमिरेड्सले (युएई) ले १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो।
युएईका लागि वसिल हमीदले अर्धसतकीय पारी खेले। ३८ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै उनले ५१ रन बनाएका हुन्।
ओपनर खालिद साह रनको खाता नै नखोलि आउट हुँदा कप्तान मोहम्मद वासिमले १८ बलमा १७ रन जोडे। आसिफ खान १५, अलि नासिर ३२ रनमा आउट हुँदा अलिसान सराफुले ६ रनको योगदान गरे। सन्चित शर्मा २ र निलान्स केसवानी ४ रनमा नटआउट रहे।
नेपालका लागि करण केसीले ३ तथा गुल्सन झाले २ विकेट लिए। सोमपाल कामी र अभिनास बोहराले एक एक विकेट हात पारे। युएईविरुद्ध डेब्यू गरेका मौसम ढकालले २ ओभरमा १४ रन खर्चिए पनि विकेट लिन सकेनन्।
१४१ रनको लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ।
Shares
प्रतिक्रिया