यूएई सम्मिलित टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज बिहीबार नेपाल हङकङसँग भिड्दै छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ।
पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेल पनि जित्ने योजनामा छ।
घरेलु मैदानमा हुने आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्दै छ।
टी २० आई सिरिजका पछिल्ला ५ खेलमा नेपालले ४ खेलमा जित हासिल गरेको छ। एक खेलमा मात्र हार भोगेको छ।
उता हङकङले पछिल्ला ५ खेलमध्य तीन खेलमा हार भोग्दा २ खेलमा विजय प्राप्त गरेको छ।
नेपाल र हङकङ बीचको पाँचवटा टी २० आई खेलमा नेपालले तीन खेल जितेको छ। २ खेलमा भने हार भोगेको छ।
168
Shares
प्रतिक्रिया