बंगलादेशमा सम्पन्न पहिलो बंगबन्धु खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र १ रजत पदक जितेको छ।
ढाकामा सम्पन्न प्रतियोगितामा नेपालका बिमल रोकायाले पुरुष सिनियरतर्फ ६३केजी तौल समूहमा रजत पदक जिते। विमल हात्तीवन तेक्वान्दो एकेडेमीका हुन्।
यस्तै रोजलिन ओझाले जुनियरतर्फ व्यक्तिगत स्पर्धामा २ स्वर्ण पदक जितिन्।
नबराज पुनले क्याडेट व्यक्तिगत पुम्से र जुनियर ३५ किलो तौलमा समान १ स्वर्ण पदक जिते।
बिमल हात्तीवनका एकेडेमीका प्रशिक्षक हुन् भने रोजलिन र नबराज उनका विद्यार्थी हुन्। प्रतियोगिता अक्टोबर १९ देखि २१ सम्म भएको थियो।
249
Shares
प्रतिक्रिया