सिनियर टोलीमा डेब्युको ३३ सेकेन्डमा गोल गर्दै मार्क गुयुले स्पेनिस ला लिगामा एथलेटिको बिल्वायोविरुद्ध बार्सिलोनालाई संर्घषपूर्ण जित दिलाएका छन्।
आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लब बिल्वाओविरुद्ध १–० को संर्घषपूर्ण विजय प्राप्त गरेको हो।
आफ्नो डेब्यु खेलमा १७ वर्षीय मार्कले खेलको ८०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जोआओ फेलिक्सको थ्रु पासमा मार्क गोल गर्न सफल भएका हुन्।
मार्कले बार्सिलोनाका लागि आफ्नो पहिलो लिग गोल क्लब इतिहासमै अन्य खेलाडीले भन्दा छिटो गरेका छन्।
जितसँगै १० खेलमा २४ अंक बनाएको बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। २५ अंक भएको रियल म्याड्रिड शीर्ष र जिरोना दोस्रो स्थानमा छन्।
ला लिगामा बार्सिलोनाले शनिबार रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्दै छ।
गएरातिकै खेलमा जिरोनाले अल्मेरियाविरुद्ध ५–२ को फराकिलो जित हासिल गरेको छ।
अर्को खेलमा लस पलमास रायो भ्यालेकानोसँग १–० ले हार्यो भने भिल्ला रियल र अलाभेसले बराबरी खेल्दै अंक बाँडे।
Shares
प्रतिक्रिया