ad ad

खेल


एसीसी यू-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएई भिड्दै

एसीसी यू-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएई भिड्दै

नेपालखबर
कात्तिक ७, २०८० मंगलबार ५:२७, काठमाडौँ

मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्। 

क्वालाम्पुरस्थित वायोमास ओभलमा हुने फाइनल खेल बिहान ७:३० बजेदेखि  सुरु हुनेछ। 

नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले पहिलो सेमिफाइनलमा जापानलाई डिएल मेथडमा १ सय ४४ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। 

नेपालले समूह चरणको पहिलो खेलमा इरानलाई २ सय ७४ तथा बहराइनलाई ७ विकेट हराएको थियो। समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो। 

उता यूएईले भने समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। 

यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेटले हराउँदा कतारमाथि १० विकेटको फराकिलो जित निकालेको थियो। 

सेमिफाइनलमा युएईले सिंगापुरलाई डि एल मेथडमा १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको थियो। 

फाइनलमा स्थान बनाएसँगै नेपाल र युएई दुवै टोलीले पाकिस्तानमा हुने यू–१९ एसिया कपमा पनि स्थान पक्का गरिसकेका छन्। 

प्रिमियर कपको तेस्रो स्थानमा रहेको जापानले पनि एसिया कपमा स्थान बनाइसकेको छ। 

तेस्रो स्थानका लागि सोमबार भएको खेलमा जापानले सिंगापुरलाई डीएल मेथडमा १६ रनले हराउँदै एसिया कपमा स्थान पक्का गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .