अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको छ। अफगानिस्तानले विश्वकपको २२औ खेल जित्दा ६ बल बल गर्न बाँकी नै थियो।
इंग्ल्यान्डपछि पाकिस्तानलाई हराउँदै अफगानिस्तानले विश्वकपमा अर्को जित दर्ता गरेको हो।
चेन्नईमा सोमबार भएको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको थियो। टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो।
जवाफमा अफगानिस्तानले दुई विकेट गुमाएर २८३ रनको लक्ष्य पूरा गरेको थियो। यो जितसँगै अफगानिस्तान अंक तालिकाको छैटौँ स्थानमा पुगेको छ।
अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ८७ रन बनाए। जोर्डनले यस इनिङ्समा १० उत्कृष्ट चौका प्रहार गरे।
रहमत शाह ७७ र कप्तान हसमतुल्लाह साहिदी ४८ रनमा अविजित रहे।
144
Shares
प्रतिक्रिया