ad ad

खेल


पारा एसियाड : पलेशालाई ऐतिहासिक कास्य

पारा एसियाड : पलेशालाई ऐतिहासिक कास्य

नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १५:१७, काठमाडौँ

पलेशा गोवर्द्धनले चीनको हाङजाओमा जारी चौथो पारा एसियाडमा तेक्वान्दोमा कास्य पदक जितेकी छन्। 

पारा एसियाडमा पदक जित्ने पलेशा पहिलो खेलाडी हुन्। 

मंगलबार भएको खेलमा पलेशाले महिला के४४ को ५७ केजी तौल समूहमा कास्य पदक हात पारेकी हुन्। 

पहिलो खेलमा चीनकी याङ लिटिंगलाई १४–१ ले हराउँदै पलेशा सेमिफाइनलमा प्रवेश गरेकी थिइन्।

सेमिफाइनलमा कजाकस्तानकी कमिल्या दोसमलोभासँग १६–१० ले हारेपछि कास्यमा सीमित भइन्। रेपेचेजमा उनले बाई प्राप्त गरेपछि कास्य पदक पक्का भएको हो। 

यस विधामा ५ खेलाडी सहभागी भएकामा रेपेचेजमा चीनकी याङ लिटिंग चीनकै लि युजीसँग पराजित भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .