मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ।
यूएईलाई हराउँदै फाइनलमा जित निकालेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) का पदाधिकारीहरूले स्वागत गरे।
क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए।
खेलाडीहरूको स्वागतपछि टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले अब एसिया कप र विश्वकपका लागि चुनौती खडा भएको बताएका छन्।
मंगलबार भएको खेलमा नेपालले निर्धारित ५० ओभरमा २८० रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो।
63
Shares
प्रतिक्रिया