आईसीसी एकदिवसीय विश्कप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासामु पाकिस्तानले २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको हो।
पाकिस्तानका लागि कप्तान बाबर आजम र साउद सकिलले अर्धशतकीय पारी खेले। बाबरले ५० रनको योगदान गरे। सकिलले ५२ रन बनाए।
त्यस्तै, शादाब खानले ४३ र मोहम्मद रिजवानले ३१ रन बनाए। त्यस्तै, मोहम्मद नवाजले २४ रन बनाए।
दक्षिण अफ्रिकाका लागि टबरेज शाम्सीले ४ विकेट लिए। मार्को यानसेनले ३ र जेराल्ड कोटजीले २ विकेट लिए।
39
Shares
प्रतिक्रिया