गुलसन झा एक्लैले २ विकेट लिएपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध उत्कृष्ट प्रर्दशन गरिरहेको छ।
सिंगापुरविरुद्ध गुलसन झा ले दुई विकेट लिए। सन्दीप लामिछाने र करण केसीले समान एक विकेट लिए।
गुलसन झाले आठौं ओभरको पहिलो बलमा ओपनर रओहन रंगाराजनलाई क्याच आउट गराए।
४६ रन बनाएका रोहन लामो सट खेल्ने धुनमा रहँदा सन्दीप जोराको हातबाट क्याच आउट भए।
गुलसनले नै आठौ ओभरको पाचौँ बलमा अर्मात्या कउललाई आउट गरे।
सन्दीप लामिछानेले सातौ ओभरको अन्तिम बलमा सुरेन्द्र चन्दमोहनलाई ६ रन बनाउँदा पवेलियनको बाटो देखाए। त्यसअघि पहिलो ओभरको दोस्रो बलमा नै करण केसीले ओपनर आत्रिया दत्तालाई शुन्य रनमा नै आउट गरे।
69
Shares
प्रतिक्रिया