अविनास बोहोराले एकै ओभरमा दुई विकेट लिएपछि आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा सिंगापुर संकटमा परेको छ।
अविनासले १८ औं ओभरमा लगातार दुई विकेट लिएका छन्। अविनासले १८ औं ओभरको दोस्रो बलमा थिलिप थिलप्पनलाई १ रनमा आउट गरे। त्यसकै चौथो बलमा अविनासले अनन्था कृष्णालाई आउट गरे।
सिंगापुरका लागि ओपनर रोहन रगांराजनले सर्वाधिक ४६ रन बनाए। ३० बलको सामना गरेका रोहनले ९ चौका र १ छक्का हाने। लामो सट खेल्ने धुनमा रहेका रोहन आठौं ओभरको पहिलो बलमा गुलसन झा को बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।
सोही ओभरको पाचौं बलमा गुलसनले अर्मात्या कउललाई शुन्य रनमा क्याच आउट गरे।
सन्दीप लामिछानेले सातौ ओभरको अन्तिम बलमा सुरेन्द्र चन्दमोहनलाई ६ रन बनाउँदा पवेलियनको बाटो देखाए। सन्दीपले ११ औं ओभरको पहिलो बलमा जनक प्रकाशलाई एलबीडब्लु धरापमा पारे।
नेपालका लागि करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर तथा कप्तान आत्रिया दत्तालाई शुन्य रनमा नै पवेलियनको बाटो देखाए।
Shares
प्रतिक्रिया