टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट अन्तर्गत सोमबार (आज) भएको सिंगापुरसँगको खेलमा ‘म्यान अफ द म्याच’ बनेका नेपाली क्रिकेटर कुशल भुर्तेललाई चलचित्र ‘दिमाग खराब’ले ५० हजार नगदले सम्मान गरेको छ।
चलचित्र ‘दिमाग खराब’ र नेपाल क्रिकेट संघ (क्यान)बीच आइतबार सो सम्झौतामा हस्ताक्षर भएको थियो।
जस अनुसार ‘दिमाग खराब’ले सोमबारदेखि सुरु हुने टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने सम्झौता भएको थियो।
त्यस्तै, चलचित्रले ‘बेस्ट सट अफ द डे’ को पुरस्कार पनि भुर्तेललाई दिएको छ। उनले सो पुरस्कार अन्तर्गत १० हजार नगर पाएका छन्।
उनले सो चलचित्रबाट ६० हजार नगद पुरस्कार पाएका छन्।
321
Shares
प्रतिक्रिया