ad ad

खेल


ऐताना बोनमाटीले जितिन् महिला बालोन डी ओर अवार्ड

ऐताना बोनमाटीले जितिन् महिला बालोन डी ओर अवार्ड

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार ७:१४, काठमाडौँ

स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर ऐताना बोनमाटीले पहिलोपटक महिला बालोन डी ओर अवार्ड जितेकी छन्। 

२५ वर्षीया बोनमाटीले आफ्नो क्लबलाई नयाँ उचाइमा लान, च्याम्पियन्स लिगमा जिताउन तथा विश्वकप उपाधि दिलाउन सफल भएकी थिइन्।

बालोन डी ओर अवार्ड जितेपछि बोनमतीले भनिन्, ‘यो अवार्ड जित्न पाउँदा गर्व महसुस गरिरहेको छु। फुटबल एक सामूहिक खेल हो, त्यसैले यो अवार्ड मेरो टोलीका साथी र कर्मचारीलाई अर्पण गर्न चाहन्छु।’

बोनमतीले बार्सिलोनाबाट चार लिग र दुई च्याम्पियनस लिग जितिसकेकी छन्।

उनले अगस्टमा यूईएफएको वर्ष खेलाडीको अवार्डसमेत जितेकी थिइन्। 

चेल्सी तथा अस्ट्रेलियाकी साम केर दोस्रो तथा बार्सिलोना र स्पेनकी साल्मा पारालुतो तेस्रो र बार्सिलोना तथा स्विडेनकी फ्रिडोलिना रोल्फा चौथो स्थानमा रहे। 

स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जिते पनि स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले फाइनलपछि जेनी हर्मोसोलाई चुम्बन गर्दा जित ओझेलमा परेको थियो।

जेनीले यसमा आफ्नो सहमति नभएको बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .