म्यानचेस्टर सिटीले लगातार दोस्रोपटक क्लब अफ दि इयरको अवार्ड जितेको छ।
पेप गार्डियोलाको टोली सिटीले गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो।
यस्तै एफसी बार्सिलोना फेमिनीले पेरिसमा भएको बालोना डी ओर २०२३ अवार्ड समारोहमा क्लब अफ दि अवार्ड जितेको छ।
यसैबीच रियल मड्रिडका विंगर भिनिसियस जुनियरले मैदान बाहिर आफ्नो योगदानका लागि सोक्रेटिस अवार्ड जितेका छन्।
विश्व फुटबलमा उनले नश्लवादविरुद्ध बोलिरहने वाचासमेत गरेका छन्।
भिनिसियस गत दुई सिजनदेखि ला लिगाका खेलमा नियमित रुपमा जातीय दुर्व्यवहारको निशानामा परेका छन्।
153
Shares
प्रतिक्रिया