आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान नौ बजेदेखि खेल सुरु हुँदै छ। नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको हो।
नेपालले आजको खेलमा यसअघिकै टोलीलाई निरन्तरता दिएको छ।
यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका दुवै टोली समूह विजेता बन्नका लागि खेल्दै छन्।
आजको खेल जित्नेले त्रिवि मैदानमा नै सेमिफाइनल खेल्न पाउनेछ।
आजको खेलमा पराजित हुने टोलीले सेमिफाइनल खेल मूलपानी मैदानमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ।
54
Shares
प्रतिक्रिया