आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानविरुद्ध नेपालले चार विकेट लिएको छ।
ओमानविरुद्ध सोमपाल कामीले दुई विकेट लिए।
छैटौँ ओभरमा सोमपालले कप्तान जेसन मक्सुदलाई शून्य रनमा नै बोल्ड आउट गरे।
पाचौं ओभरको अन्तिम बलमा गुलसन झाले प्रतिक अथभालेलाई २४ रनमा रोहित पौडेलको हातबाट क्याच आउट गराए।
त्यसअघि सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा अकिब इलियासलाई २ रनमा बोल्ड आउट गरे।
अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा कश्यव कुमार प्रजापतिलाई ८ रनमा आउट गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले छैटौँ ओभरको खेल जारी रहँदा ४ विकेट गुमाएर ३८ रन बनाएर खेलिरहेको छ।
108
Shares
प्रतिक्रिया