ad ad

खेल


नेपालले गुमायो छैटौँ विकेट

नेपालले गुमायो छैटौँ विकेट

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार ११:५६, काठमाडौँ

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्र छनोट फाइनलमा ओमानविरुद्ध घरेलु टोली नेपाल दबाबमा आएको छ।

ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १३औं ओभरमा ६ विकेट गुमाएको छ।

नेपालले १३औँ ओभरमा गुलशन झालाई गुमाएको हो। ३ रन बनाएका गुलशन अकिब इलियासको बलमा जेसन मक्सुदको हातबाट क्याच आउट भए। 

कुशल १० रनमा क्याच आउट भए। १२औं ओभरको पहिलो बलमा कुशल मल्ल क्याच आउट भए। नवौं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल १२ रन बनाउँदा बोल्ड आउट भए। 

त्यसअघि छैटौँ ओभरको पाँचौँ बलमा कुशल भुर्तेल २६ रन बनाउँदा पवेलियन फर्के। त्यसअघि नेपालले सोमपाल कामीलाई पाँचौँ ओभरको अन्तिम बलमा गुमाएको हो। 

सोमपाल सकिब अहमदको बलमा कश्यप प्रजापतिको हातबाट क्याच आउट भए। त्यसअघि नेपालले तेस्रो ओभरमा नै ओपनर आशिफ शेखलाई गुमाएको थियो। 

तेस्रो ओभरको पहिलो बलमा ५ रन बनाएका आशिफ विलाल खानको बलमा क्याच आउट भए। 

१३औँ ओभरको खेल जारी रहँदा नेपाल ६ विकेट गुमाएर ७९ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा सुदीप जोरा ११ र विवेक यादव शून्य रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .