ad ad

खेल


अब नेपाल सेमिफाइनलमा यूएईसँग भिड्ने

अब नेपाल सेमिफाइनलमा यूएईसँग भिड्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १३:२८, काठमाडौँ

आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनलको सेमिफाइनलमा नेपाल यूएईसँग भिड्ने भएको छ। 

नेपाल बिहीबार ओमानसँग हारेपछि समूह एको उपविजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’को विजेता यूएईसँग भेट हुने भएको हो।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानसँग ५ रनले हार्दै समूह उपविजेता बनेको हो। 

समूह चरणको अन्तिम खेलमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो। 

आजै माथिल्लो मूलपानी मैदानमा भएको समूह बीको अन्तिम खेलमा हङकङलाई २२ रनले हराउँदै यूएई समूह विजेता बनेको हो।

हारसँगै हङकङको सेमिफाइनल खेल्ने सम्भावना भने सकिएको छ।

यूएई भने समूह बीको विजेता बन्दै अपराजित रहेर सेमिफाइनल खेल्न लागको हो। 

यूएईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन मात्र बनाउन सक्यो।

नेपाल र यूएई बीचको सेमिफाइनल खेल शुक्रबार बिहान ११ बजेदेखि माथिल्लो मूलपानी मैदानमा हुनेछ। 

ओमानले भने समूह बीको उपविजेतासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .