ad ad

खेल


टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल : सेमिफाइनल खेलको टिकट मूल्य बढ्यो

टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल : सेमिफाइनल खेलको टिकट मूल्य बढ्यो

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १५:५५, काठमाडौँ

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनल खेलको टिकट मूल्य बढेको छ।

समूह चरणको भन्दा सेमिफाइनल खेलका लागि टिकट मूल्य १ सय रुपैयाँले बढेको हो।

यसअघि समूह चरणका खेल हेर्न दर्शकले साधारणतर्फ २ सय रुपैयाँ तिर्दै आएका थिए। अब भने तीन सय रुपैयाँ तिनुपर्ने भएको छ।

नेपालले फाइनल प्रवेशका लागि भोलि शुक्रबार युएईसँग खेल्दैछ। बिहीबार भएको समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै नेपाल समूह उपविजेतामा सिमित भएको थियो।

नेपाल र युएईको सेमिफाइनल खेल माथिल्लो मुलपानी मैदानमा बिहान ११ बजे सुरु हुनेछ।

ओमानले भने समूह बी को उपविजेतासँग टियू मैदानमा नै खेल्नेछ। ओमानसँग सेमिफाइनल खेल्ने टोलीको टुङ्गो भने अझै लागेको छैन।

सेमिफाइनल खेलमा भीभीआईपी टिकट मूल्य भने हटाएको छ। यसअघि भीभीआईपी टिकट मूल्य १० हजार रुपैयाँ तोकेको थियो। यसअघि क्यानले १० हजार रुपैयाँमा भिभिआइपी टिकट खरिद गर्नेले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट गर्न पाउनुका साथै खानाको व्यवस्था पनि गरेको थियो।

नेपाल समूह ए को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो। युएई भने समूह बी को विजेताको रुपमा खेल्दैछ।

सेमिफाइनलका दुवै खेल शुक्रबार नै हुनेछ। फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .