तीव्र गतिका बलर सोमपाल कामीले टी–२० आई क्रिकेटमा ५० विकेटको आंकडा पूरा गरेका छन्।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानविरुद्ध २ विकेट लिएसँगै सोमपालले ५० विकेटको आंकडा पूरा गरेका हुन्।
सोमपालले ५३ टि–२० आइ खेलमा ५० विकेट पूरा गरेका हुन्।
सोमपालले छैटौं ओभरको तेस्रो बलमा शाएब खानलाई बोल्ड गरेसँगै ५० विकेट पूरा गरे।
त्यसअघि उनले चौथो ओभरको पहिलो बलमा ओमानका अकिब इलियासलाई २ रनमा बोल्ड गरेका थिए।
नेपालबाट टी–२० आईमा ५० विकेट लिने सोमपाल चौथो बलर हुन्। यसअघि सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहराले ५० विकेट लिएका थिए।
39
Shares
प्रतिक्रिया