उज्वेकिस्तानका डिफेन्डर समन्दर ओचिलोभ नेपाल सुपर लिग (एनएसएल) क्लब झापा एफसीमा अनुबन्ध भएका छन्। दोश्रो संस्करणको एनएसएलका लागि झापाले विदेशी खेलाडीका रुपमा ओचिलोभलाई अनुबन्ध गरेको हो।
२८ वर्षीय उज्वेकि डिफेन्डरले झापाका मार्की खेलाडी अञ्जन बिष्टसँगै आई लिग खेलिसकेका छन्। हाल कजाकस्तानमा व्यवसायिक फुटबल खेलिरहेका उनीसँग एएफसी लिग खेलेको अनुभव छ।
झापासँग जोडिएपछि उनले भने, क्लबमा जोडिन पाउँदा खुशी लागेको बताए।
उनले थपे, झापा एफसीसँग जोडिन पाउँदा निकै खुशी छु, म हरेक खेल जित्नको लागि खेल्नेछु। टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याए सम्म सबै कुरामा योगदान पुर्याउने छु।
झापाले यसअघि गोलरक्षक स्टेफन कुपिजलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरिसकेको छ। झापाले स्पोर्टिङ डी ईलाम सँग मंसिर ११ गते खेल्दै नेपाल सुपर लिगको सुरूवात गर्नेछ।
एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ।
Shares
प्रतिक्रिया