नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनलअन्तर्गत आज हुने यूएईविरुद्धको सेमिफाइनल खेलअघि अभ्यासमा देखिएका छन्।
छनोटअघि नै चोट लागेपछि समूह चरणका सबै खेल गुमाएका दीपेन्द्रले आजको खेल खेल्ने सम्भावना छ।
टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले दिपेन्द्रलाई समूह चरणको अन्तिम खेलमा ओमानसँगको खेलअघि नै अभ्यासमा लागेका थिए। ओमानसँगको खेल जारी रहँदा दिपेन्द्र नेटमा अभ्यास गर्न पुगेका थिए।
उनी आजको खेलमा पनि टोलीसँगै अभ्यास गर्न मैदान आएका छन्। यद्यपी उनले खेल्ने नखेल्ने अझै टुङ्गो लागेको छैन।
156
Shares
प्रतिक्रिया