आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा नेपालले तेस्रो विकेट लिएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले १० ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ६६ रन बनाएर खेलिरहेको छ।
अहिले क्रिजमा वृत्या अरविन्द २४ र आलिसान सराफु शुन्य रनमा नटआउट छन्।
सन्दीप लामिछानेले १० औं ओभरको अन्तिम बलमा आशिफ खानलाई १३ रन बनाउँदा एलबीडब्लु धरापमा पारे।
नेपालका लागि सोमपाल कामीले एक विकेट लिएका छन्। तिव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरमा एक विकेट र एक रन आउट गर्दै युएईका दुवै ओपनरलाई पवेलियनको बाटो देखाए।
सोमपालले चौथो ओभरको पहिलो खालिद शाहलाई ३ रनमा रन आउट गराए। त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए। १६ बलमा ३ चौका र २ छक्का हानेका वसिम २६ रनमा क्याच आउट भए।
Shares
प्रतिक्रिया