नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा आफू भाग्यमानी अनुभव गरिरहेको बताएका छन्।
एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले सो कुरा बताएका हुन्।
‘एकदमै लक्कि फिल गरिरहेको छु। दुईजनाभन्दा बाहेक सबै सन् २०१४ को विश्वकप हेरेर क्रिकेट खेल्न सुरु गरे,’ उनले भने, ‘त्यहाँबाट सुरु गरेर म आफू पनि वल्र्डकप खेल्न पाउँदा एकदमै लक्की फिल गरिरहेको छु।’
साथै, उनले यूएईसँगको खेलअघि बिहान उठ्नेबित्तिकै भगवानसँग प्रार्थना गरेको पनि सुनाए।
‘भगवान्लाई धन्यवाद। बिहान उठ्ने बित्तिकै मैले नेपालले विश्वकप खेल्न पाउँ भनेर प्रे गरेको थिएँ। मैले भगवान्लाई धन्यवाद भनेँ,’ उनले भने।
342
Shares
प्रतिक्रिया