अलराउण्डर दीपेन्द्रसिंह ऐरिले आइसीसी टी-२० एसिया क्षेत्र छनोटको फाइनलमा नखेल्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध हुने फाइनलमा उनले नखेल्ने भएका हुन्। दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरालाई राखिएकाे छ।
चोटका कारण समूह चरणका सबै खेल गुमाएका दीपेन्द्र यूएईविरुद्धको सेमिफाइनलमा भने मैदान उत्रिएका थिए। तर आजको फाइनलमा भने उनी टोली बाहिर बस्ने पक्का भएको छ।
सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको थियो।
यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको थियो।
यसअघि नै सेमिफाइनलका खेल जित्दै नेपाल र ओमान दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन्।
231
Shares
प्रतिक्रिया