आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपाल र ओमानविचको खेल सुपर ओभरमा पुगेको छ।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।
अन्तिम ओभरमा सन्दीपले आयान खान, सकिल अहमिदलाई आउट गरे। अन्तिम बलमा अफज बटलाई रन आउट गराउँदै खेललाई सुपर ओभरमा पुर्याएका थिए।
अब नेपाल र ओमान दुवैले समान १ ओभर खेल्नेछन्।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। विवेक यादव, अविनास बोहोरा, गुल्सन झसा र सोमपाल कामीले समान १ विकेट लिए।
558
Shares
प्रतिक्रिया