आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा सुपर ओभर अन्तर्गतओमानलाई जित्न नेपालले २२ रनको लक्ष्य पाएको छ। सुपर ओभरमा नसिम खुसी अकिब इलियासले २१ रन बनाए।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।
अन्तिम ओभरमा सन्दीपले आयान खान, सकिल अहमिदलाई आउट गरे। अन्तिम बलमा अफज बटलाई रन आउट गराउँदै खेललाई सुपर ओभरमा पुर्याएका थिए।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। विवेक यादव, अविनास बोहोरा, गुल्सन झसा र सोमपाल कामीले समान १ विकेट लिए।
228
Shares
प्रतिक्रिया