युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुल फ्रेन्च क्लब टुलुजसँग हारेको छ।
समूह ईको खेलमा लिभरपुललाई टुलुजले ३–२ ले जितेको हो।
खेलको ३६औं मिनेटमा टुलुजले एरन डोन्नमको गोलमा सुरुआती अग्रता बनाएको थियो।
खेलको ५७औं मिनेटमा थिज्स डालिंगाको गोलमा टुलुजले अग्रता दोब्बर पार्यो।
तर खेलको ७५औं मिनेटमा टुलुजको आत्मघाती गोलमा लिभरपुल खेलमा फर्किएको थियो। तर त्यसको एक मिनेटमै गोल फर्काउँदै टुलुजले ३–१ को अग्रता बनायो।
८९औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुलको गोलअन्तर कम गरे पनि टोलीको हार भने टार्न सकेनन्।
36
Shares
प्रतिक्रिया