नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा रजत जितेकी छन्।
ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा शुक्रबार भएको गल्र्स सिगल्सको सिंगल्स फाइनलमा सुनिरा भारतकी एलिना फरिडसँग ६–३ र ६–४ ले पराजित हुँदै रजतमा सिमित भइन्।
बंगलादेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको सुनिरा पहिलो चरणमा बाइ पाउदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी थिइन्।
प्रिक्वाटरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७–५ र ७–६ ले पराजित गरेकी सुनिराले क्वार्टरफाइनलमा भारतकै प्रिन्सी मन्दागाल्लालाई ६–४ र ६–४ ले पराजित गरिन्।
सेमिफाइनलमा सुनिराले भारतकै देवान्सी गोहिलमाथि ६–३ र ६–० को सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।
नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियोगिताको सर्किट– २ मा पनि सहभागिता जनाउने छ। सर्किट– २ भने बंगलादेशको राजशाहीमा हुनेछ।
Shares
प्रतिक्रिया