ad ad

खेल


च्याम्पियन्स लिग : नवप्रवेशी एन्टवर्पसँग पराजित भयो बार्सिलोना

च्याम्पियन्स लिग : नवप्रवेशी एन्टवर्पसँग पराजित भयो बार्सिलोना

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १२:१७, काठमाडौँ

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा क्याटलान क्लन बार्सिलोना नवप्रवेशी रोयल एन्टवर्पसँग पराजित भएको छ। 

बार्सिलोनालाई हराएको रोयल एन्टवर्पको च्याम्पियन्स लिगमा पहिलो जित हो। च्याम्पियन्स लिगमा डेब्यु गरेको एन्टवर्ग युरोपियन प्रतियोगिताबाट भने बाहिरिसकेको छ। 

खेल सुरु भएको ९० सेकेण्डमा नै आर्थर भरमिरिनको गोलमला रोयल एन्टवर्पले सुरुआती अग्रता बनाएको थियो। 

खेलको सुरुआतमा नै १–० ले पछि परेको बार्साका लागि ३५ औं मिनेटमा फेरान टोरेसले बराबरी गोल फर्काए। 

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप तिन गोल भए। खेलको ५६ औं मिनेटमा भिनसेन्ट यान्सनको गोलमा रोयल एन्टवर्गले पुनः अग्रता लियो। 

इन्ज्युरी समयको पहिलो हाफमा मार्क गुयुको गोलमा बार्सिलोना बराबरीमा आएको थियो। तर त्यसको एक मिनेट लगत्तै जर्ज इलेनिखेनाको गोलमा एन्टवर्गलले पुनः अग्रता बनाउँदै रोमाञ्चक जित हात पार्यो। यसअघिका पाँच खेलमा जित बिहिन एन्वर्गका लागि इलेनिखेनाले गरेको गोल नै निर्णायक बन्यो। 

सन् १९५७ पछि पहिलो पटक बेल्जियम उपाधि जितेर एन्टवर्ग च्याम्पियन्स लिगका लागि छनोट भएको थियो। सन् २०२३–२४ मा समूह चरणमा अंककविहीन हुँदै बाहिरिन लागेको एन्टवर्गका लागि बार्साविरुद्धको जितले भने ठूलो राहत दिएको छ। 

समूह एच को शीर्ष स्थानमा रहेको बार्सिलोनाले अन्तिम १६ मा स्थान बनाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .