ad ad

खेल


पीएसजी नकआउट चरणमा, न्यु क्यासल बाहिरियो

पीएसजी नकआउट चरणमा, न्यु क्यासल बाहिरियो

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १२:३४, काठमाडौँ

एसी मिलानसँगको हारले न्यु क्यासल युरोेपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।

गएराति सेन्ट जेम्स पार्कमा भएको खेलमा न्यु क्यासलसँग २-१ को हार बेहोरेको न्यु क्यासल समूह एफको पुछारमा रहँदै बाहिरिएको हो।

च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यमा रहे पनि गएरातिको हारले त्यो सम्भावना सकिएको छ।

पहिलो हाफको ३३औँ मिनेटमा जोइलिन्टोनको गोलमा न्यु क्यासलले सुरुआती अग्रता बनाएको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको न्यु क्यासल दोस्रो हाफमा सम्हालिन नसक्दा २ गोल खान पुग्यो।

दोेस्रो हाफमा एसी मिलानको नाटकीय पुनरागमनले न्यु क्यासल औपचारिक रूपमा बाहिरियो।

खेलको ५९औँ मिनेटमा चेल्सीका पूर्व फरवार्ड क्रिस्टियन पुलिसिसको गोलमा एसी मिलान खेलमा फर्किएको थियो। जिरोडको पासमा पुलिसिसले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।

खेलको ८४औँ मिनेटमा स्यामुयल चुक्वाइजको गोलमा एसी मिलानले अग्रता बनायो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका स्यामुयलले खेल सकिन ६ मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा गोल गर्दै अग्रता बनाए।

गएराति नै यही समूहको अर्को खेलमा पेरिस सेन्ट जर्मेन र बोरुसिया डर्टमुन्डले १-१ को बराबरी गर्दै अंक बाँडे। बराबरीका बाजजुद पनि पीएसजी अन्तिम १६ मा पुगेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।

खेलको ५१औँ मिनेटमा एडेमीको गोलमा डर्टमन्डले सुरुआती अग्रता बनाएको थियो। त्यसको पाँच मिनेटपछि नै पीएसजीका लागि जाएरे एमिरीले बराबरी गोल फर्काए।

यो समूहबाट डर्टमुन्ड समूह विजेता र पीएसजी उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे। मिलान र न्यु क्यासल भने च्याम्पियन्स लिगबाट बाहिरिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .