अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकपमा लगाएका जर्सी ६.१ मिलियन पाउण्डमा लिलामी भएको छ।
न्युयोर्कमा भएको लिलामीमा मेस्सीले विश्वकपका लगाएका ६ वटा जर्सी संयुक्त रुपमा बिक्री भएको हो।
अर्जेन्टिनाले कतार विश्वकपमा सात खेल खेलेको थियो। जसमा मेस्सीले सातै खेल खेलेका थिए। ति मध्य समुह चरणको एक खेलमा मेस्सीले अष्ट्रेलियाका क्यामी डेभलिनसँग जर्सी साटेका थिए। बाँकी खेलमा लगाएको जर्सी लिलामीमा राखिएको थियो।
अर्जेन्टिनाले विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै पहिलो पटक विश्व च्याम्पियन बनेको थियो।
लिलामीबाट भएको आम्दानीको एक भाग लियो मेस्सी फाउन्डेसनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान गरिनेछ।
Shares
प्रतिक्रिया