ad ad

खेल


खेल क्षेत्रका व्यक्तिहरूलाई महानगरले गर्‍यो नगदसहित सम्मान

खेल क्षेत्रका व्यक्तिहरूलाई महानगरले गर्‍यो नगदसहित सम्मान

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १६:१, काठमाडौँ

काठमाडौं महानगर पालिकाले २९औ महानगर दिवसका अवसरमा खेल क्षेत्रका व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ।  

महानगरपालिकाले शुक्रबार राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राख्न योगदान पुर््याएका खेलकर्मीलाई सम्मान गरेको हो। 

सम्मानित हुनेमा पुर्व कप्तान तथा राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जन, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, ओलम्पियन बैकुण्ठ मानन्धर, नवौँ एसियन गेम्समा रजन पदक विजेता करातेकी एरिका गुरुङ, महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ नगदसहित सम्मानित भएका हुन्। 

महानगरपालिकाले उनीहरुलाई जनही १ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .