ad ad

खेल


फुलहमसँग हार्‍यो आर्सनल, शीर्ष स्थानमा उक्लने अवसर गुम्यो

फुलहमसँग हार्‍यो आर्सनल, शीर्ष स्थानमा उक्लने अवसर गुम्यो

नेपालखबर
पुस १६, २०८० सोमबार ७:१२, काठमाडौँ

इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल हारेको छ। गएराति भएको खेलमा आर्सनलविरुद्ध फुलहमले २–१ गोलअन्तरको जित हासिल गरेको हो। 

फुलहमका राउल जिमेनेज र बबी डि कर्डोभा रिडले एक÷एक गोल गरे भने ेआर्सनलका लागि बुकायो साकाले एक गोल फर्काए। 

खेलको पाँचौँ मिनेटमै अग्रता लिएको आर्सलनले त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो। 

उक्त हारसँगै आर्सनलले लिग तालिकाको शीर्षस्थानमा उक्लने अवसर पनि गुमाएको छ।

यो जितपछि फुलहम २० खेलबाट २४ अंक जोड्दै १३औँ स्थानमा छ भने ४० अंकका साथ आर्सनल चौथो स्थानमा छ।

यस्तै ४२ अंकका साथ लिभरपुल शीर्षस्थानमा छ भने ४२ अंक नै भएको एस्टन भिल्ला दोस्रो स्थानमा छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .