इन्दु बर्माको अर्धशतकमा एपीएफले प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि कोशी प्रदेशसामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इन्दु बर्माको अर्धशतकमा एपीएफले प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि कोशी प्रदेशसामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको हो।
इन्दु बर्मा ५३ रनका क्याच आउट भईन्। ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरेकी इन्दु अप्सरीको बलमा क्याच आउट हुन पुगिन्।
ओपनर ज्योती पाण्डे २७ रनमा क्याच आउट भइन्। ३० बलको सामना गरेकी ज्योतीले ३ चौका प्रहार गरिन्।
कप्तान सीता रानामगर १ रनमा बोल्ड आउट भइन्। रोमा थापा १४ रन बनाउँदा क्याच आउट हुन पुगिन्। ममता चौधरीले ३ रन थपिन्। सरिता मगर ९ रनमा नटआउट रहिन्।
कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक विकेट लिईन्। उनले अन्तिम ओभरको पहिलो बलमा इन्दु बर्मालाई पवेलियनको बाटो देखाईन्। दोस्रो बलमा नेरी थापा र तेस्रो बलमा सम्झना खड्कालाई गोल्डेन डग आउट गरिन्।
एलिसा खाडीयाले २ विकेट लिईन्। रुविना क्षत्री र निशा शाहले समान एक विकेट लिए।
Shares
प्रतिक्रिया