ad ad

कारोबार


अरुण चौधरी फाउन्डेसनद्वारा भूकम्प पीडितलाई आपतकालीन राहत सामग्री प्रदान

अरुण चौधरी फाउन्डेसनद्वारा भूकम्प पीडितलाई आपतकालीन राहत सामग्री प्रदान

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १८:९, काठमाडौँ

सीजी होल्डिङ्स अन्तर्गतका सीएसआर विभागको अरुण चौधरी फाउन्डेसन (एसीएफ) ले जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्प पीडितहरूलाई आपतकालीन राहत सामग्री प्रदान गरेको छ।

भूकम्पका कारण जीवन कष्टकर भएकाहरूका लागि अरुण चौधरी फाउन्डेसनले सहयोग गरेको हो।

संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नका लागि १६ टन राहत सामग्री उपलब्ध गराएको छ। संस्थाले उक्त राहत प्याकेज जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउतलाई सिधै हस्तान्तरण गरेको हो।

स्वस्फुर्त एवं सक्रिय प्रयासको रुपमा, सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छापूर्वक एक दिनको तलब उपलब्ध गराई राहत प्याकेजमा योगदान दिएका छन्।

संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्त्वलाई जोड दिँदै सबैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ।

यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास संस्थाले व्यक्त गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .