सुनको मूल्य पुनः घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार फेरि १ हजार ४ सय रुपैयाँले सस्तो भएको हो।
योसँगै बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। चाँदी आज १ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३९० अमेरिकी डलर र चाँदी २७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
813
Shares
प्रतिक्रिया