ad ad

ग्लोबल


ओमिक्रोन प्रभाव : आजदेखि विदेशी पर्यटकलाई सिक्किम प्रवेशमा रोक

ओमिक्रोन प्रभाव : आजदेखि विदेशी पर्यटकलाई सिक्किम प्रवेशमा रोक

शैलेन्द्र समदर्शी
मंसिर १५, २०७८ बुधबार ८:४७, गान्तोक

विदेशी पर्यटकहरूलाई सिक्किम प्रवेशमा रोक लगाइएको छ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम विचार गरेर सिक्किम सरकारले आज (बुधबार) बिहान ६ बजेदेखि लागू हुनेगरी विदेशी पर्यटक प्रवेशमा प्रतिबन्ध लगाएको हो। 

साथै सिक्किम सरकारले ओमिक्रोनको संक्रमण राज्यमा छिर्न नदिन सतर्कता अपनाउन सुरु गरेको छ।

राज्यको गृह विभागले मंगलबार जारी गरेको आदेशअनुसार अब अर्को सूचना नहुँदासम्म सिक्किम भ्रमणमा आउने विदेशी पर्यटकलाई इनर लाइन पर्मिट, रेस्टिक्डेट एरिया पर्मिट र प्रोटेक्टेड एरिया पर्मिट जारी गरिने छैन।

राज्यको गृह विभागले पर्यटन विभागलाई पत्राचार गरी विदेशी पर्यटकका उल्लिखित तीनमध्ये कुनै पनि पर्मिट जारी नगर्न आदेश दिएको छ।

सिक्किम सरकारले राज्यमा प्रवेशका लागि राखिएका अन्य नियम यथावत् छन्। 

उल्लेखनीय छ, कोरोना संक्रमण कम भएपछि हाल सिक्किम घुम्न आउने देशी–विदेशी पर्यटकको घुइँचो लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .